बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पश्चिम नेपाल सहकारीले स्थापना दिवसमा रक्तदान

पश्चिम नेपाल सहकारीले स्थापना दिवसमा रक्तदान


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १२ २०७७, बिहिबार

म्याग्दी, १२ चैत – पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १४ औ स्थापना दिवस अवसरमा बेनी अस्पतालमा आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी, सेयर सदस्यहरु गरी २५ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा कार्यक्रम गरिएको संस्थाका प्रबन्धक सदन कँडेलले बताए ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले म्याग्दीमा रक्तदान कार्यक्रम धेरै हुने गरेको तथ्याङ्कबाट जानकारी लिएको बताउँदै सहकारीले सामाजिक तथा मानवीय सेवामा समेत सक्रियता देखाउनुपर्ने बताए । बि.स. २०६३ चैत ११ गते स्थापना भएको सहकारीको मालिका गाउँपालिकाको दरवाङमा केन्द्रिय कार्यालय रहेको छ भने म्याग्दी जिल्लाका सबै स्थानीय तहमा कार्यक्षेत्र रहेको सहकारीको शाखा छ । म्याग्दीमा धेरै शाखा भएको सहकारी समेत हो । संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद पौडेलले सहकारीका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->