काठमाडौं, १३ चैत – नेपाल कम्युनिस्ट पार्टी एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।





