बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनी–जोमसोम सडक चैत्र १९ गतेसम्म बन्द हुने

बेनी–जोमसोम सडक चैत्र १९ गतेसम्म बन्द हुने


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १७ २०७७, मंगलबार

म्याग्दी, १७ चैत्र– हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा आगामी चैत्र १९ गतेसम्म बन्द हुने भएको छ । शनिबार बिहानदेखि चारदिनका लागि सिधा यातायात सेवा बन्द भएपनि तोकिएको समयमै काम सम्पन्न गर्न नसकिने अवस्था देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गदै आगामी चैत्र १९ गते बिहिबारसम्म बन्द हुने जनाएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको कामलाई तिब्रता दिन चैत्र १९ गते बिहिबारसम्म पूर्णरुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए ।
यसअगाडी चैत्र १७ गते मंगलबार खोल्ने गरी शनिबारदेखि बन्द भएको थियो ।उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले दुबै जिल्लाको सिमा क्षेत्रमा पर्ने काभ्रेभिर र कैकुखोलामा बन्द गरिएपछि यात्रुलाई बैकल्पिक पैदलमार्ग हुदैं आवतजावतका गर्न अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङमा चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले आवतजावत नरोकी स्तरोन्नतीको काम अगाडी बढाउन नसकिने भन्दै सडक बन्द गरेको जनाइएको छ । सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम तथा दुर्घटना रोक्न चारदिन बाटो बन्द गरिएको प्रजिअ पौडेलले बताईन् । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ। उत्तरी म्याग्दीको आन्तरिक यातायात सेवामा भने असर पर्ने छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->