बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दमौलीमा बजार इकाइको अध्यक्षमा भुपाल विजयी

दमौलीमा बजार इकाइको अध्यक्षमा भुपाल विजयी


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २९ २०७७, आइतबार

तनहुँ, २९ चैत– तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्षमा भूपाल आले निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी तीन जनालाई पराजित गर्दै आले निर्वाचित भएका हुन् ।
आइतबार बिहान सम्पन्न मतगणनामा आलेले दुई सय ७२ मत प्राप्त गरे । उनका निकटम प्रतिष्पर्धी सुकनारायण मल्लले दुई सय २८ मत ल्याए । अध्यक्षका उम्मेदवार दधिराज घिमिरेले दुई सय ९ र विन्दु श्रेष्ठले एक सय तीन मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा राजेश मल्ल पाँच सय ४१ मत प्राप्त गर्दै विजयी भए । उनका निकटम प्रतिस्पर्धी विजयराज पौडेलले एक सय ९५ मत पाए ।
कोषाध्यक्षमा किनकुमार श्रेष्ठ चुनिए । उनले दुई सय ५८ मत पाए । उनका प्रतिस्पर्धी भरतकुमार श्रेष्ठले दुई सय ३९, अन्जु दाहालले दुई सय ५ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गरे ।
जिल्ला प्रतिनिधिमा महेश मल्ल (६०९), रमेश श्रेष्ठ (५४४), एकप्रसाद श्रेष्ठ (५४९), किशोर श्रेष्ठ (५३६) र प्रकाशचन्द्र हड्खले (५२६) मत प्राप्त गरी विजयी भएका छन् ।
इकाइ सदस्यमा भरत पराजुली (४९४), विष्णुकुमार श्रेष्ठ (५२८), ब्रजेश शाह (५५९), दिलबहादुर दरै (६०५), दीपक राई (४४८), कमल गिरी (५३३), लालप्रसाद प्रधान (५१५, महमद सलिम मियाँ (६०८), नारायण मल्ल (५८१), प्रकाश श्रेष्ठ (५६९), राजेन्द्र श्रेष्ठ (५१९), राजकुमार श्रेष्ठ (५२९), सुनिल श्रेष्ठ (५७६) र युवराज भण्डारी (४९०) मत पाएर विजयी भए ।
नयाँ नेतृत्व चयनका लागि शनिबार दिनभर मतदान भएको थियो । मतदान सकिएलगत्तै साँझबाट मतगणना सुरु भएको थियो । एक हजार ८४ मतदाता रहेको इकाइको निर्वाचनमा आठ सय ३५ जनाले मतदानमा सहभागिता जनाएका थिए । शुक्रबारदेखी बजार इकाइको ११ औँ अधिवेशन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->