बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीमा दुईवटा प्रहरी पोष्टको उद्घाटन

बेनीमा दुईवटा प्रहरी पोष्टको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७७, आइतबार

म्याग्दी,२९ चैत्र– बेनी प्रवेश नाका हाँडेभीर तथा सामुदायिक चोकमा प्रहरी चेकपोष्ट र ट्राफिक पोष्ट खडा गरिएको छ । बेनीबजारमा ट्राफिक उल्लंघनका घटना एवं लागुऔषध प्रयोगकर्ताको निगरानी गर्न पोष्ट बनाइएको म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताए ।
पोष्टको बेनीका नगरप्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरे । बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीसँगको समन्वयमा निर्मित पोष्टको उद्घाटन गरिएको हो । ‘अतिआवश्यक स्थानमा पोष्ट राखिएको छ’बेनीका नगरप्रमुख श्रेष्ठले भने,‘प्रहरीसँगको सहकार्यमा थप नयाँ र सन्देशमूलक काम गर्नेछौँ ।’

प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले ट्राफिक प्रहरी पोष्ट र प्रहरी चेक पोष्टले जिल्लाको पश्चिम तथा उत्तरी क्षेत्रको आवतजावतमा सहयोग पुग्ने बताए । कार्यक्रममा बेनपाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्णु गुरुङ, पत्रकार महासंघ म्याग्दीका नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल, म्याग्दी यातायात कम्पनीका सञ्चालक लालबहादुर थापा र बेनपा–७,बेनीका वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।
बेनीबजारमा चेकपोष्ट उद्घाटन । तस्वीर हरिकृष्ण गौतम

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->