बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्पेनका ८२ वर्षीय कार्लोस धौलागिरी हिमाल आरोहणमा

स्पेनका ८२ वर्षीय कार्लोस धौलागिरी हिमाल आरोहणमा


  • हरिकृष्ण गौतम
  • बैशाख ९ २०७८, बिहिबार

बेनी, ९ वैशाख– स्पेनका ८२ वर्षीय नागरिक संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि धवलागिरी ‘बेसक्याम्प’ पुगेका छन् । ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया आरोहण दलसहित बेक्सक्याम्प पुगेका हुन् । सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोसले युट्युब च्यानलमा भिडियो अपलोड गर्दै आफ्नो आरोहण अभियानका जानकारी दिएका छन् ।आइतबार धवलागिरी आधार शिविर पुगेका कार्लोसले विश्वभरका ज्येष्ठ नागरिकलाई नयाँ र अनौठो कीर्तिमानी उपहार दिने बताएका छन् । ‘धौलागिरीको सफल आरोहणले मेरो कीर्तीमानीलाई ठूलो बल पुग्छ,’,उनले भनेका छन्,‘यसअगाडीका अफलतालाई अब पूरा गर्नेछु ।’ दुई दशकयता १० औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् ।
सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका उनले धवलागिरीबाहेक तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । सितो र लुइस नाम गरेका उनका दुई स्पेनिस साथीहरु र शेर्पाहरु आरोहण दलमा रहेका छन् । तीन साताअघि स्पेनदेखि नेपाल आएका कार्लोसले दुई हप्ताको समय खुम्बु क्षेत्रमा ट्रेकिङ् गर्दै बिताएका थिए । त्यहाँबाट काठमाडौं फर्किएर गतसाता उनी धवलागिर प्रस्थान गरेका हुन् । उनले धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका थिए ।उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला चुम्न सफल भएका थिए । नेपाल, पाकिस्तान र चिनमा रहेका ८ हजार मिटर माथिका १४ हिमाल छोटो समयमा आरोहण गरी म्याग्दीमा निर्मल पूर्जाले कीर्तिमानी कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->