बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भीमादमा वडाअध्यक्ष र सेवाग्रही बीच मारमुंग्री

भीमादमा वडाअध्यक्ष र सेवाग्रही बीच मारमुंग्री

वडाध्यक्ष भन्छन्, ‘जाइलागेपछि प्रतिकार गरे’


  • विनोद ढुंगाना
  • बैशाख ९ २०७८, बिहिबार

तनहुँ, ९ वैशाख– भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धीमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबिच हात हालाहाल भएको छ । विहीबार विहान घटना भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा दिउँसो यी दुुई बिचको घम्साघम्सी अपलोड भएको छ । ४० सेकेण्डको मात्र अपलोड भिडियोको सुरुमै वडाध्यक्षले सेवाग्राहीलाई मुक्का प्रहार गरेको देखिन्छ । वडाध्यक्षलाई केहीले रोक्दै छन् । तैपनि उनले ढुंगा टिपेर प्रहार गर्न खोजेको देखिन्छ ।
‘लाटीलाई निकाल्छस तैले । पख मुला’, वडाध्यक्ष भनेको सुनिन्छ । भिडियोको सुरुमै सेवाग्राहीले ‘मैले निकाल्न खाजेछु ?’ भन्दै प्रश्न गरेको छन् ।
वडा कार्यालय अरौदीको नजिकै नवदुर्गा टोलमा विहान ११ बजेपछि हात हालाहाल भएको थियो । त्यतिबेला वडाध्यक्ष श्रेष्ठ फिल्डमा थिए । हकवालाको सिफारिस पत्र लिनलाई अरौदीका खनाल वडाध्यक्ष श्रेष्ठ भएकै ठाउँमा पुग्दा विवाद उत्पन्न भएर हात हालहालको स्थिती आएको हो ।
आफुमाथी जाइलागेकाले प्रतिकार गर्न बाध्य भएको वडाध्यक्ष श्रेष्ठले टेलिफोन कुराकानीमा बताए । ‘हकवालाको सिफारिस लिन आउनुभएको थियो । एक जना सुकुम्बासी महिला बस्दै आएको उहाँको पुर्जामा रहेको जग्गामा घर बनाउन रोक्नुभएको छ । यो केशमा छलफल नगरीकन समाधान नगरीकन तिम्रा मात्रै कुरा गरेर हुन्छ ? सामाजिक हुनुप¥यो नि भनेपछि आक्रोशित भए’, उनले भने । आक्रोशित भएका खनालले आफुमाथी हातपात गरेपछि प्रतिकार गरेको उनको भनाई छ । भिडियोमा पुरै नदेखाएर आफुलाई दोषी देखाउन खोजेको उनको भनाई छ ।
आफ्नो पुर्जामा पर्ने जग्ग्गामा एक जना सुकुम्बासी महिलालाई घर बनाउन रोकदिएको रिसिबी साँधेर सिफारिस नदिएको सेवाग्राही खनाल बताउँछन् । ‘तैले त्यो लाँटीलाई घर बनाइदिन्छस भने साइन गर्छु । नत्र वडामा तेरो कुनै पनि काम हुदैन् भन्नुभो । मैले उहाँलाई म आज इर्मेजेन्सी जानुपर्नेछ । यसमा साइन गर्दिनुस । उहाँ काम सकेर आउँछु । भोली आइसकेपछि सल्लाह गरेर के कसरी हुन्छ निचोडमा जाउला भन्दै थिए । उहाँले एक्कासी आवेशमा आएर हिर्काउनुभो’, उनले सुनाए । खनालका अनुसार पहिलोपटक वडाध्यक्षसंग पुग्दा सिफारिस लिने तरिका सिकाएर पठाएका थिए । वडामा गएर रसिद लिएर वडाध्यक्ष भएको ठाउँमा दोस्रो पटक जादा घटना भएको उनको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->