बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भिमाद नगरपालिकाले भन्यो, ‘सामान्य घटनालाई अतिरञ्जित गरियो’

भिमाद नगरपालिकाले भन्यो, ‘सामान्य घटनालाई अतिरञ्जित गरियो’


  • विनोद ढुंगाना
  • बैशाख ११ २०७८, शनिबार

तनहुँ, ११ वैशाख– भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबीचको मुक्का प्रहार प्रकरणलाइ भिमाद नगरपालिकाले सामान्य घटनालाइ अतिरञ्जित गरिएको जनाएको छ ।
शुक्रबार भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाद्धारा हस्ताक्षरित अपिल सार्वजनिक गर्दै भिडियो क्लिप्स सहित सामाजिक सञ्जालमा आएको बिषयमा नगरपालिकाको गम्भिर ध्यानआकर्षण भएको जनाईएको छ ।
अपलिमा भनिएको छ, ‘२०७८÷०१÷०९ मा वडा अध्यक्ष वडा कार्यालयबाट बाहिर स्थलगत अनुगमनमा रहेको अवस्थामा एक जना सेवाग्राहीले जग्गा सम्बन्धि सिफारिस माग गर्न आएको र सोही क्रममा निज सेवाग्राहीसंग सम्बन्धित जग्गा सम्बन्धि बिषयमा छलफल हुने क्रममा दुवै पक्षको मानविय कमजोरीका कारण उत्पन्न भएको सामान्य घटनालाइ अतिरञ्जित गरी भिडियो क्लिप्स सहित सामाजिक सञ्जालमा ल्याउनु खेदजनक छ ।’ यस्ता प्रवृतिले सेवा प्रवाहमा असर पर्न सक्ने भएकाले सामान्य घटनाको रुपमा लिएर वडाबाट प्रवाह हुने सेवालाई सहज बनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले जग्गाको सिफारिस लिन गएको भनेपनि स्वंयम वडाध्यक्ष श्रेष्ठ र सेवाग्राही खनालले हकवालाको सिफारिस लिन गएको बताएका छन् ।
विहीबार विहान ११ बजेपछि वडाध्यक्ष र सेवाग्राहीबिच हात हालाहालको स्थिती आएको थियो । वडाध्यक्ष र सेवाग्राहीबिच घम्साघम्सी भएको ४० सेकेण्डको भिडियोमा सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । घटना वडा कार्यालयबाट नजिकै दुर्गाटोलमा भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->