म्याग्दी, १५ बैशाख- पत्रकार पूर्णिमा श्रेष्ठ सहित चार नेपाली महिला धौलागिरि हिमालको सफल आरोहण गर्न बेसक्याममा पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नारच्याङ अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर फर्किएको केही दिनमै हिमाल आराहेण गर्न बेसक्याम्प पुगेको श्रेष्ठले बताईन् । टोली धौलागिरि गाउँपालिका–७ ताकमबाट हेलिकप्टरमार्फत बेसक्याममा पुगेको थियो ।
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालमा नेपाली महिलाहरूले कीर्तिमानी कायम गर्नका लागि हालै अन्नपूर्ण हिमालमा नेपाली महिलाहरूको तर्फबाट पहिलो पटक आरोहण गर्न सफल टोली रहेका छन् । संसारभर रहेको ८ हजार मिटर अग्लो १४ हिमालको आरोहण गर्ने लक्ष्य बोकेकी श्रेष्ठले अहिलेसम्म नेपाली महिलाले आरोहण नगरेको धौलागिरी हिमालमा समेत अर्को किर्तिमानी कायम गर्ने लक्ष्य सहित पुगेको जनाइएको छ । अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्न सफल गोरखाकी पूर्णिमा श्रेष्ठसहित माया शेर्पा, डाबुटी शेर्पा, पासाङ ल्हामु शेर्पाको टोली आरोहण दलमा छन्। सेभेन समिट टे«कले आवश्यक संयोजन गरेको छ ।





