बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सामुदायिक प्रहरीको अभियान,‘तपाईको मास्क खोइ ?

सामुदायिक प्रहरीको अभियान,‘तपाईको मास्क खोइ ?


  • ढोरपाटन संबाददाता
  • बैशाख १५ २०७८, बुधबार

म्याग्दी, १५ बैशाख – म्याग्दीमा सामुदायिक प्रहरी सेवा केन्द्रले तपाइको मास्क खोइ ? भन्ने अभियान सुरू गरेको छ । समुदायस्तरमै कोरोना फैलिएपछि अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीको बर्दीसहितका स्वयंसेवक खटिएका छन् । विभिन्न भेगबाट सदरमुकाम बेनीमा आउने सर्वसाधारणका साथै पसलमा बस्नेलाई अनिवार्य मास्क लगाउन आग्रह सहित कोरोना बिरुद्धको सचेतनामुलक अभियानलाई तिब्रता दिएको संस्थाकी अध्यक्ष विष्णु गुरूङले बताईन् ।
पछिल्लो समय बजार क्षेत्रमा भिडभाडमा समेत मास्क नलगाई आवतजावत गर्नेको संख्या ह्वात्तै बढेपछि प्रहरीसँगको सहकार्यमा अभियानमा जुटेको अध्यक्ष गुरुङको भनाई छ । जिल्लाका सबै केन्द्रबाट अभियान सञ्चालन गरिने छ ।‘गतबर्षपनि सार्वजनिक स्थानमा गरिएको अभियान प्रभावकारी भएको थियो,‘यसपटक पनि विभिन्न संघसंस्थाको सहयोगमा कोरोनासँग जुध्ने कार्यमा खटिन्छौ’अध्यक्ष गुरूङले भन्नुभयो । सचेतनामुलका कार्यक्रम सहित निशुल्क मास्क समेत वितरण गरिने छ ।
सामुदायिक प्रहरी भनेको जनताको सुःख दुःखमा काम गर्ने संस्था भन्दै उनीहरुले स्वयंसेवक समेत परिचालन गरेर अनिवार्य मास्क लगाउन सूचना प्रवाह पनि गरेको संस्थाले जनाएको छ । त्यस्तै प्रहरीले समेत गस्तीमा मास्क नलगाएकालाई तत्काल किनेर लगाउन र अटेर गर्नेलाई कारवाहीको दायरामा ल्याउन थालेको छ । गोजीमा मास्क किन्ने पैसा नभएकहरुले मागेर लगाएको र केहीलाई बाँड्ने गरिएको छ । मास्क, भौतिक दुरी कायम, नियमित सावुनपानीले हातमुख धुने र सेनिटाईजरको प्रयोगले कोरोना संक्रमणबाट जोगिन सकिने चिकित्सकको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->