आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कांग्रेस हेम्जाको ज्ञापनपत्र

कांग्रेस हेम्जाको ज्ञापनपत्र


  • ढोरपाटन संबाददाता
  • बैशाख १६ २०७८, बिहिबार

पोखरा, १६ वैशाख- पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयलाई नेपाली कांग्रेस पोखरा २५ इकाइले ज्ञापन पत्र पेश गरेको छ ।
अनुगमन समितिले हेमजावासीसँग प्रत्यक्ष भेटघाटबाट समस्या पहिचान गरी ती समस्या तत्काल समाधान गर्न वडा कार्यालाई ज्ञापन पत्र वुझाएको नेपाली कांग्रेस पोखरा–२५ हेमजा इकाइका सभापति मधुसुदन त्रिपाठीले जानकारी दिए ।
सभापति त्रिपाठी र सहसभापति दानबहादुर थापाले पोखरा २५ हेमजाका कार्यवाहक अध्यक्ष दलबहादुर कुँवर र वडा सदस्य जितबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
ज्ञापन पत्रमा घरजग्गा र अन्य कर, फोहोर मैला व्यवस्थापन, खानेपानी, सडक÷पुलका काम आम हेमजावासीले सास्ती खेप्न परेको गुनासो आएकोले अविलम्व समाधान गर्न आग्रह गरिएको छ ।
त्यस्तै लक्षितवर्ग कार्यक्रममा पारदर्शी नदेखिएको र आफन्तलाई मात्र वितरण गर्ने मनसाय राखेको यसलाई तत्काल सुधारेर हेमजावासीले अनुभूति गर्ने वनाउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।नक्सा पास, निर्माण सम्पन्नको प्रमाण, विभिन्न सिफारिसपत्र आदिको लागि सेवाग्राही छिटो छरितो सेवा दिन आग्रह गरिएको छ ।
निर्वाचित प्रतिनिधिहरू विकास निर्माणमा संलग्नभई नीतिगत निर्णय गर्नुपर्ने र जनताका समस्या समाधान गर्न बढी क्रियाशील हुनुपर्नेमा सो नदेखिनु, वडाभित्र रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको आधारभूत माग सम्बोधन गर्न पहल गर्नुपर्ने र फाराम भर्न छुटपुट भएकाहरूलाई अविलम्ब प्रक्रियामा लैजानुपर्ने, यस वडामा अत्यन्त कम बजेट विनियोजन भएको देखिएकोले वडामा बजेटपार्न वडा प्रमुखले विशेष पहलगरी थपबजेटको व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सुईंखेत खोलाका नदीजन्य सामाग्रीहरु वडाले आफ्नो मनोमानी ढंगबाट आँफुखुशीका मानिसहरु लाई उपलब्ध गराएको भन्ने जनगुनासो आएकोलाई यसलाई अविलम्व रोक्न आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै कार्यवहाक अध्यक्ष दलबहादुर कुँवरले वास्तविक समस्याहरु पहिचान गरि जनप्रतिनिधिलाई काम गर्न सहज बनाएको बताउँदै यी साझा समस्यालाई हल गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->