शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेनीमा मास्क नलगाउने ६६ जनालाई कारवाही

बेनीमा मास्क नलगाउने ६६ जनालाई कारवाही


  • हरिकृष्ण गौतम
  • बैशाख २० २०७८, सोमबार

बेनी, २० बैशाख – म्याग्दीको सदरमुकाम बेनीबजारमा मास्क नलगाएर हिड्ने ६६ जनालाई प्रहरीले कारवाही गरेको छ । मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि कारवाही अभियान थालिएको हो । आइतबार बेनीमा मास्कबिना हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना तिराएर सम्झाई बुझाई गरेर पठाइएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘मास्क नलाउनेको संख्या कम छ’,उनले भने,‘अब ठाउँको ठाउँमै कारबाही गर्छौँ ।’
खल्तीमा मास्क बोकेर पनि नलगाउनेलाई समेत कारवाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । मास्क लगाउन अटेरी गर्नेलाई थप कारवाही समेत गरिने प्रनाउ राईको भनाई छ । बेनीको वीरेन्द्रचोक र बेनीबजार प्रवेश गर्ने कालिपुलमा होल्डिङ जोनमा राखेर जिल्ला प्रशासन कार्यालयमा जरिवाना तिरेपछि मात्रै छोड्ने गरिएको छ । मास्क नलगाउनेबाट पहिलोदिन ६६ सय राजश्व संकलन भएको छ । मास्क लगाउन अटेर गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरेको भन्दै १ सय रुपैयाँ वा एक महिना कैद वा दुबै सजाय हुने व्यवस्था छ ।
सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पु¥याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था छ । प्रहरी मास्क किन्ने पैसासमेत नभएकालाई मास्क वितरण गरेको थियो। सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा ५४१ जनालाई मास्क वितरण गरिएको थियो । यसैबीच कालिपुल बसपार्कमा रहेको सूचना केन्द्रमा स्थापना गरिएको होल्डिङ सेन्टरमा जिल्ला बाहिरबाट आउने २ सय ७६ जनाको नाम दर्ता गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->