बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आइसोलेसन उपकरण गोदाममा, संक्रमित घरघरमा

आइसोलेसन उपकरण गोदाममा, संक्रमित घरघरमा


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २१ २०७८, मंगलबार

बेनी, २१ बैशाख– नेपालीमा एउटा उक्ति छ, ‘माल पाएर चाल नपाएको !’ म्याग्दी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा रहेको एउटा कोठाभित्रको दृष्यले उक्त भनाइको चरितार्थ गर्छ ।
गतवर्ष कोरोना संक्रमण फैलिएसँगै जिल्लाका सबै स्थानीय तह, बेनी अस्पतालको लगानीमा स्थापना भएको संक्रमितलाई राख्ने आइसोलेसन कक्षका लागि खरिद गरिएका आवश्यक उपकरणहरू अलपत्र अवस्थामा छन् । १० वटा बेड बेनी नगरपालिकाले, ५ बेड स्थानीय तह, बाँकी विपद् व्यवस्थापन र बेनी अस्पतालले खर्चमाबाट स्थापना गरिएको थियो । दोस्रो लहरसँगै म्याग्दीमा ७० जना सक्रिय संक्रमित पुग्दासमेत बिरामीको उपचारका लागि जनशक्ति र पूर्वाधार अझै व्यवस्थापन हुन सकेको छैन ।
२० बेडको आइसोलेसनको भवन अहिले लथालिङ छ । आइसोलेसन कक्ष सञ्चालन गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा कार्यालय सञ्चालन भएपछि बेनी अस्पतालमा बनाउन लागिएको कक्षको तयारी अझै पूरा भएको छैन । संक्रमितको संख्या दिनप्रति दिन ह्वात्तै बढ्दासमेत संस्थागत आइसोलेसनमा बस्न चाहने संक्रमितलाई राख्न माउन्ट एभरेस्ट आवासीय माविको हिलसाइटको भवन प्रयोग गरिएको छ ।
कोठामा परिवारसँगै बसेका संक्रमितलाई आवश्यक पर्ने आइसोलेसन कक्षको तयारी नहुँदा संक्रमित अलमलमा पर्ने गरेका छन् । अक्सिजन सिलिन्डर, बिरामी सुत्ने आरामदायी ओछ्यान, औषधी राख्ने ठाउँ लगायत कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने हुने उपकरणहरु प्रयोगविहीन भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बेनी अस्पतालको निर्माणाधिन भवनमा स्थापना गर्न लागिएको आइसोलेसनमा ती सामग्री प्रयोग हुने बताए ।
बेनी अस्पतालमा सञ्चालन गरिएको ६ बेड क्षमताको आइसियू कक्षसमेत जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । बेनी अस्पतालको नयाँ भवनमा आइसोलेसन कक्ष बनाउन लागिएको छ । बेनी नगरपालिकाले माउन्ट एभरेस्टको भवनमा ४ बेडको तयारी भएको छ भने २० बेडसम्मको तयारी भइरहेको नगर स्वास्थ्य संयोजक लिला गौतमले बताइन् । ‘थप आवश्यक परेपनि विस्तार गछौं । होम आइसोलेसनमा बस्न नसक्नेहरुलाई त्यहाँ राखिन्छ,’ गौतमले भनिन् । कोरोना संक्रमित र जटिल अवस्थाका बिरामी लक्ष्य गरी अस्पतालमै स्थापना गरिएको ६ बेड क्षमताको आइसोलेसन वार्डसमेत नियमित सञ्चालनमा छैन ।
आइसोलेसनका लागि आवश्यक पर्ने जनशक्ति अभाव हुँदा अहिले अस्पतालले ३ बेडको प्रिआइसोलेसन वार्ड छ । जिल्लाका अन्य ५ वटै गाउँपालिकाले अक्सिजन सेवासहित ५÷५ बेड क्षमताको कोरोना अस्पताल सञ्चालन गरेका छन् । ती अस्पतालमा अक्सिजनको उपलब्धता गराइएको भए पनि भेन्टिलेटरसहितको उपचार गर्न पूर्वाधार र जनशक्ति व्यवस्थापन भने हुन सकेको छैन । हरेक वर्ष लाखौंको सामाग्री खरिद गर्ने तर निरन्तर प्रयोगमा चासो नदेखाउदाँ अनावश्यक रुपमा लाखौं खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->