बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

४ दिनदेखि मालपोतको सेवा ठप्प, कार्यालय भन्छ : इन्टरनेटले धोका दियो !

४ दिनदेखि मालपोतको सेवा ठप्प, कार्यालय भन्छ : इन्टरनेटले धोका दियो !


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २१ २०७८, मंगलबार
मालपोतका सेवा लिन आएका बृद्ध । तस्वीर : हरिकृष्ण गौतम

बेनी, २१ बैशाख – जग्गा पास गर्न मालिका गाउँपालिका १, निस्कोटकी धमकुमारी सुनार बिहीबार सदरमुकाम बेनी आइन् । काम सकेर सोही दिन घर फर्किने तयारीमा रहेकी सुनारको काम आइतबारसम्म सकिएन । मालपोत कार्यालयको अनलाइन सिस्टममा देखिएको समस्या समाधान नहुँदा सर्वसाधारण अलपत्र परेका छन् ।
बिहीबारदेखि मालपोत कार्यालय म्याग्दीको सेवा ठप्प भएको छ । इन्टरनेट सेवाप्रदायक संस्थाले मर्मतमा ढिलाइ गर्दा सेवा प्रवाहमा समस्या आएको कार्यालय प्रमुख कृष्णबहादुर कार्कीले बताए । ‘३ वटा इन्टरनेट सेवाप्रदायले मर्मतमा ढिलासुस्ती गरेका छन् । अफलाइनमा गर्न मिल्ने काम भइरहेको छ,’ प्रमुख कार्कीले भने, ‘सर्भर डाउन हुने कारणले धेरै काम रोकिएको छ ।’
सेवाग्राहीलाई सिस्टम चलेपछि काम सुरु गर्ने बताउँदै प्रमुख कार्कीले इन्टरनेट सेवा दिइरहेकालाई लिखित तथा मौखिम रुपमा पटकपटक जानकारी गराएको बताए । उनका अनुसार वल्ड लिंक, सुबिसु र नेपाल टेलिकमको इन्टरनेटमा खराबी आएपनि सम्बन्धित निकायले मर्मतमा ढिलासुस्ती गरेको गुनासो कार्यालयले गरेको छ ।
सेवाग्राही आक्रोशित
कार्यालयमा आएका सेवाग्राहीले ३ दिनसम्म काम नभएको भन्दै आक्रोश पोखेका छन् । अनलाइनमार्फत जग्गा पास गर्ने, रोक्का, फुकुवा अनलाइन प्रणालीबाट हुने काम बन्द भएको छ । पटकपटक अनलाइनमा देखिने समस्या समाधान नहुदाँ सेवाग्राहीको गुनासो आउने गरेको कर्मचारीको भनाइ छ ।
जिल्लाका ग्रामिण क्षेत्रबाट आएका सेवाग्राहीले हरेक दिन लक्षणसहितका संक्रमति थएिको बेनीबजारमा असुरक्षित महसुस गरेको बताउँदै अवरुद्ध सेवा सुधारको मागसहित जिल्ला प्रशासन कार्यालयका सिडिओ गणेशबहादुर अधिकारीकोसमेत ध्यानार्कषण गराएका थिए । सेवाग्राहीले समस्याका बारेमा पहिल्यै जानकारी भएको भए अर्को दिन आउने भएपनि कर्मचारीबाटै बेवास्ता भएको गुनासो गरे । कार्यालयले भने सोमबारसम्ममा समस्या समाधानका लागि प्रयास भइरहेको जनाएको छ ।
मालपोतका सेवा लिन आएका बृद्ध । तस्वीर : हरिकृष्ण गौतम

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->