पोखरा, २१ वैशाख – कोरोनाले गण्डकीका थप ३ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा म्याग्दीका ७६, पर्वतका ८४ वर्षीय र कास्कीका ४५ वर्षीय पुरुष रहेका छन् । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुषको मंगलबार पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो । उनी १७ गतेदेखि अस्पतालमा उपचाररत थिए । पर्वतको कुश्मा ४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमै निधन र पोखरा २९ का ४५ वर्षीय पुरुषको मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । हालसम्म गण्डकीमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।
यता, गण्डकीमा मंगलबार ४२९ जनामा संक्रमण देखिँदा कुल संक्रमितको संख्या २५४६ पुगेको छ । संक्रमितमध्ये २३५४ जना घरमै रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । पछिल्लो २४ घण्टामा ९५४ जनाको पीसीआर परीक्षण गरिएको थियो । पछिल्लो संक्रमितमध्ये ३१० जना त कास्कीकै रहेका छन् । कास्कीलाई ५५ सहित नवलपरासी र ३३ सहित बागलुङले पच्छ्याइरहेको छ ।