सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकीमा नयाँ सरकार ३ दिनभित्रै

गण्डकीमा नयाँ सरकार ३ दिनभित्रै


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७८, आइतबार

पोखरा, २६ वैशाख – गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् । आजै उनले प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा पत्र स्वीकृत पनि भइसकेको छ ।
सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस भएको थियो । जुन अविश्वासप्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘।।।अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नु भएको ।’
उक्त धाराबमोजिम एकल बहुमत नपुगेको खण्डमा २ वा सोभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ । मुख्यमन्त्रीको राजीनामासँगै सोमबार हुने भनिएको अविश्वास प्रस्तावमाथिको मतदानसमेत निष्क्रिय भएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले अब जुन पार्टीले बहुमत पु¥याउन सक्यो उसैको सरकार बन्ने प्रतिक्रिया दिए । ‘अब प्रदेशमा बहुमत बनाएर ल्याउन सक्नेले तोकिएको समयमा सरकार गठन गर्न सक्नुप¥यो,’ उनले भने, ‘बहुमत ल्याएर पनि भएन फेरि एक महिनाभित्र कुनै पनि दलले आफ्नो सरकार बहुमत बनाउन सक्नुप¥यो ।’
सचेतक अधिकारीले नयाँ सरकार एमालेकै पनि बन्न सक्ने बताएका छन् । ‘सबैले बहुमत पु¥याउन जसले पनि पायो । एउटा सांसदले पनि पायो, एमालेले पनि पायो,’ उनले भने, ‘यदि बहुमत बनाउन सकेन भने अर्को अध्यायमा जान्छ । एमालेको नेतृत्वमा अल्पमतको सरकार बन्न पनि सक्छ १ तर, अहिले त्यतातिर नसोचौं ।’
६० सिट भएको गण्डकीमा बहुमतका लागि ३१ मत ल्याउनुपर्दछ । गण्डकीमा नेकपा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जनमोर्चा, जसपा २ र एक स्वतन्त्र सिट एक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->