बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एक सय रुपैयाँको लोभ देखाएर बालिकामाथि बलात्कार

एक सय रुपैयाँको लोभ देखाएर बालिकामाथि बलात्कार


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २७ २०७८, सोमबार

बेनी, २७ वैशाख – एक सय रुपैयाँको लोभ देखाएर म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान नुन्लेमा ११ बर्षिया बालिका बलात्कृत भएकी छन् । बैशाख १४ गते रातको समयमा नुन्ले भन्ने पाखोमा पैसाको प्रलोभन देखाई स्थानीय २१ को बिजय बिकले बालिकालाई जबरजस्ती बलात्कार गरेका थिए।

बालिकाको स्वास्थ्य अवस्था समान्य छभने जबरजस्ती करणीमा संलग्न विक फरार रहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘नाबालिकालाई फकाई फुलाई पैसा दिन्छु भन्ने प्रलोभन देखाएको देखिन्छ, घटनामा संलग्नको खोजीकार्य भइरहेको छ’ प्रनाउ राईले भने ।

घटना भएको दिन गाउँमा विवाह समारोह समेत चलिरहेको मौका छोपी बलात्कार गरेको अनुमान गरिएको छ । बलात्कारपछि बालिका रुँदै घर पुगेपछि घरका मानिसले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको थियो । बलात्कृत बालिकाको शरीमा समेत चोट देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->