पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना पार्टीको तर्फबाट गण्डकी सभासद बनेका कृष्ण थापा ‘बिकेको’ ठोकुवा गरेका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको सो प्रतिक्रिया आएको हो ।
‘२०५१ सालदेखि हामीले,राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो, कुनैपनि सांसदले अहिलेजस्तो नालयक चरित्र देखाएकै थिएनन्’, उनले टेफिफोनमा ढोरपाटनसँग भने,‘ यिनीहरुको हविगत थाहा भयो, बिक्री भए । निहुँ पारेका छन्, तलतल जिल्लामा, गाउँमा जनताले मानेका छैनन् रे ! त्यस्तो कुरा पनि हुन्छ ?’ उनले पार्टीको निर्देशन नमान्नेहरुलाई कारबाही गरिने पनि प्रष्ट पारे ।
तपाईका सभासद कृष्ण थापाले त तपाईंहरुको निर्देशन मानेनन्, गण्डकी पार्टीले के गर्छ ? भन्ने प्रश्नको टेफिफोनमा जवाफ दिँदै उनले भने, ‘पार्टीले सांसद बनाउने पार्टीले भनेको नमाने के गर्छ तपाईंलाई अलिअलि थाहा छैन,त्यो कुरा ? जानि बुझिकन, पार्टीले गरिहाल्छ । सबैले जानेको कुरा हो, यसमा प्रश्न गर्नै परेन नि । पार्टीले सांसद बनाउँछ ,पार्टीको निर्देशन नमान्ने, पार्टी छाडेर बिक्री भएर जानेलाई पार्टीले त्यसै छाड्छ त्यसै ?’





