बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँका स्स्थानीय तहसँग ५४ वटा अक्सिजन सिलिन्डर मात्रै

तनहुँका स्स्थानीय तहसँग ५४ वटा अक्सिजन सिलिन्डर मात्रै


  • बिनोद ढुंगाना
  • बैशाख २९ २०७८, बुधबार
 जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा अक्सिजनको पाइप जडान गरिदैँ ।

तनहुँ, २९ वैशाख– कोरोना भाइरसको दोस्रो लहर देशभर तीव्र गतिमा फैलिरहेको छ । दोस्रो लहरको रुपमा फैलिएको ‘युके भेरियन्ट’का धेरै जसो संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएको छ । अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भइरहेका छन् । तर, तनहुँका स्वटाीय तहसँग भने पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नै छैन ।
तनहुँका ९ स्वटाीय तहमा जम्मा ५४ वटा भरिएका अक्सिजनसहितको सिलिन्डर उपलब्ध रहेको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ । जिल्लामा १० वटा स्वटाीय तह छन् । सबैभन्दा धेरै बन्दीपुर गाउँपालिकासँग १३ वटा अक्सिजन सहितको सिलिन्डर छ । भीमाद नगरपालिकामा १०, देवघाट गाउँपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ७, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकामा ४÷४, भानु नगरपालिका र ऋषिङ गाउँपालिकामा ३÷३, घिरिङ गाउँपालिकासँग १ वटा अक्सिजनको सिलिन्डर छ ।
व्यास नगरपालिकासँग भने एउटा पनि अक्सिजनको सिलिन्डर नरहेको स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने हालै ३ वटा अक्सिजनको सिलिन्डर खरिद गरेको बताउँछन् । ‘हामीसँग अक्सिजन चलाउने जनशक्ति र हस्पिटल छैनन् । आधारभुत स्वास्थ्यचौकी मात्रै छन् । तसर्थ यसअघि हामीकहाँ अक्सिजन नै थिएन,’ मेयर न्यौपाने भन्छन्, ‘अहिले खरिद गर्ने प्रयत्न गरेपनि बजारमा पाएनौं ।’
व्यास नगरपालिकाले दमौलीस्थित कृषि विकास बैंकको भवनमा सञ्चालन गर्ने आइसोलेसनका लागि ३० वटा खाली सिलिन्डर उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता जनाएको उनले सुनाए ।
जिल्लाको ठूलो दमौली अस्पतालसँग ३० सिलिन्डर अक्सिजन रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा २५ सिलिन्डर अक्सिजन रहेको छ ।
प्रहरीले संकलन ग¥यो ९२ सिलिन्डर
तनहुँ प्रहरीले जिल्लाका विभिन्न स्वटाबाट ९२ वटा अक्सिजनको सिलिन्डर संकलन गरेको छ । संकलित सिलिन्डरमध्ये ४१ वटा अक्सिजन सहितका हुन् ।
जिल्ला प्रहरी कार्यालयले ३० वटा, ईलाका प्रहरी कार्यालय डुम्रेले २७ वटा, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले २६ वटा र ईलाका प्रहरी कार्यालय बेलचौताराले ९ वटा अक्सिजन संकलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले जानकारी दिए ।
प्रहरीले संकलन गरेको २५ वटा अक्सिजन सहितको सिलिन्डर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई दिइएको छ । १० वटा बन्दीपुर गाउँपालिकालाई दिइएको छ भने २६ वटा सम्बन्धित उद्योगलाई फिर्ता दिएको उनले बताए ।
जिल्लामा सञ्चालित वर्कसप, ग्यारेज, उद्योग कलकारखानाबाट अक्सिजनको सिलिन्डर जुटाएको तिम्लिसिनाले बताए । ‘कोरोना फैलिएपछि जताततै अक्सिजनको अभाव देखियो । अक्सिजन नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आएकाले पछि फिर्ता गर्नेगरी संकलन गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->