सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कृष्ण थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

कृष्ण थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार

पोखरा, २९ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोचार्का महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद सचिवालयलाई जानकारी दिएको वताए ।

सांसद थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने भट्टले बताए । प्रदेशसभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खीमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।

सांसद थापाले भने उनको पक्षमा हस्ताक्षर गर्न इन्कार गरेसँगै विहान स्पष्टीकरण सोधेको राजमोले दिउसो संसदीय दलको नेताबाट हटाएको हो । राजमोले थप कारबाहीको बारेमा नबताएपनि कृष्ण थापालाई निलम्बनको प्रक्रिया अगाडि बढाएको र संसद सदस्यबाट नै हटाउने आफूहरुलाई आस्वासन दिएको गठबन्धन दलका एक नेताले बताए । त्यसो गर्दा ६० सदस्यीय गण्डकी प्रदेशसभामा ५९ सांसद हुने र ३० सांसदको साथ पाउँदा  विपक्षी गठबन्धनलाई बहुमत पुग्ने उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->