बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संक्रमितको घरदैलोमा बेनी नगरको टोली

संक्रमितको घरदैलोमा बेनी नगरको टोली


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ३० २०७८, बिहिबार

म्याग्दी, ३० वैशाख – कोभिड–१९ महामारी संक्रमणको दोस्रो लहरसँगै बेनी नगरपालिकाले संक्रमतिको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान चालेको छ । होम आइसोलेसनमा बसेका संक्रमतिको स्वास्थ्य अवस्था बुझ्न र चिकित्सकीय परामर्शसहित औषधी सेवन तथा अन्य आवश्यक सहयोगका बारेमा नगरपालिकाले स्वास्थ्यकर्मीलाई घरदैलोमै पुगेर जानकारी लिने अभियानलाई तिब्रता दिएको जनाएको छ ।
नगरभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि वडास्तरमै स्बाब संकलन सहित संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा स्वास्थ्यकर्मी परिचालन गरिएको प्रबक्ता रामकृष्ण बराईलीले बताए । उनका १० वटै वडामा स्वास्थ्यकर्मीमार्फत संक्रमतिको अवस्थाका बारेमा जानकारी लिने र आवश्यक सहयोग ब्यवस्थापन गर्ने गरी स्वास्थ्य शाखाले काम गरेको बताए ।
नगरपालिकाले संक्रमतिलाई घरमा बस्न समस्या भए संस्थागत होम आइसोलेसनको ब्यवस्था समेत रहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए । संक्रमतिलाई समस्या भएमा अस्पतालसम्म लैजान र आवश्यकता परे घरमै अक्सिजन सिलिण्डका लागि ब्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ नगरभित्र वडा नं ६, ७ र ८ मा संक्रमतिको दर उच्च रहेको छ ।
यसैबीच नगरपालिकाले ६, ७ र ८ लाई बेनी अस्पताल र अन्य वडाहरुमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका र लक्षण देखिएकालाई पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब परीक्षण गर्ने गरिएकाले सहज भएको नगरबासीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->