काठमाडौं, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य थापाले साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई दोषीहरू उपर कडा कारबाही गर्न माग गरेका छन् । आइसोलेसनमा रहेका वेला आफुमाथि अपराधिक र निकृष्ट कार्य भइरहेको भन्दै थापाले आफ्नो कर्तव्य निर्वाह गरीरहेका राज्य संयन्त्रले साइवर अपराधीमाथि कारवाही गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका वेला एमाले सांसद तथा युवा नेता महेश बस्नेत र आफुविच फाटो ल्याउने उद्देश्यले गरिएका निकृष्ट र अपराधिक कार्यहरूले आफु आश्चर्यचकित भएको वताएका छन् ।
सामाजिक सञ्जाल फेसवुकमार्फत आफ्नो प्रतिकृया दिँदै थापाले भनेका छन्, ‘युग पुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ श्रद्धाञ्जली नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ । बैशाख २७ गते र आज (जेठ २ गते) माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटस जस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंम्भीर ध्यानाकर्षण भएको छ ।’
सल्लाहकार थापाले चुनौती दिँदै भनेका छन्, ‘त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।’
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको नाममा खोलिएको फेसबुक ग्रपमा राखिएका हार्दिक श्रद्धान्जली र सल्लाहकार थापाको नक्कली ट्वीटरमा राखिएको उनको महेश बस्नेतलाई जसपा अध्यक्ष महन्थ ठाकुरसहितका साँसदहरुलाई अपहरण गरिएको भन्ने झुटो ट्वीटको बिषयमा अनुसंधान र कारबाही गर्न नेपाल प्रहरी साईबर ब्यूरोलाई साईबर कानूनअनुसार ट्वीटमार्फत निबेदन दिएका छन् ।
यस्तो छ थापाको फेसवुकमा प्रतिकृया : ‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जली’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ । बैशाख २७ गते र आज (जेठ २ गते) माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटस जस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएको छ । त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।’





