बेनी, २ जेठ– नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ । तीव्र गतिमा फैलिएको कोरोना संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यान्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।
पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले विपद्को समयमा कांग्रेस जनातको साथमै रहने प्रतिवद्धतासहित यी कार्यक्रम सुरु गरिएको जनाए । उनका अनुसार पार्टीको भातृ संगठन तरुण दलले स्थानीय तहमा उपचारमा सघाइरहेको छ भने फुड बैंकमा खाद्यान्न संकलन भइरहेको छ ।





