शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

रहेनन् सर्प संरक्षक महेन्द्र

रहेनन् सर्प संरक्षक महेन्द्र


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७८, सोमबार

पोखरा, ३ जेठ– कोभिड–१९ ले संरक्षणकर्मी महेन्द्र कतिलाको ज्यान लिएको छ । सर्प संरक्षणको क्षेत्रका चर्चित हस्तीको कोभिडकै कारण सोमबार ज्यान गएको पोखरा ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले जानकारी दिएका छन् ।
कतिलाले २ दिनअघि फेसबुक स्टाटसमा आफू संक्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए,‘लापरवाही नगर्नुस् है,बढो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा ।’ स्टाटस लेखेको २ दिनपछि नै चितवन क्यान्सर अस्पतालमा उनको निधन भयो ।
कतिला सर्प संरक्षण समाजका अध्यक्ष पनि थिए । करिब एक महिनाअघि बागलुङमा गोमन सर्प भेटिँदा उनले नै त्यसको उद्दार गरेका थिए । पोखराको भैरवटोलमा जन्मेका कतिला सर्पलाई मान्छेभन्दा जाती ठान्थे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->