शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गम्भीर लक्षण भएका कोरोना संक्रमित अस्पतालमा पुग्न थाले

गम्भीर लक्षण भएका कोरोना संक्रमित अस्पतालमा पुग्न थाले


  • हरिकृष्ण गौतम
  • जेष्ठ ४ २०७८, मंगलबार

बेनी, ४ जेठ– होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगर्दा ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् । कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आएपनि सामान्य सम्झिएर घरमै बस्ने गरेका संक्रमित ढिलो गरी अस्पतालमा पुग्दा ज्यान गुमाउनेको संख्या बढेपछि एकसाता यता बेनी अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढेको छ ।
आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमित भर्ना भएकोमा हाइफ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य शरीरमा अक्सिजनको कमी भएका र निमोनियाका बिरामी रहेको बेनी अस्पतालले जनाएको छ।
म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने अधिकांश बिरामीको शरीरमा अक्सिजनको मात्रा निकै कम र निमोनियाका कारण देखिएपछि र गम्भीर खालका लक्षण भएका संक्रमितलाई अस्पतालले उपचारका लागि आउन अनुरोध गरेको थियो । अस्पतालमा भर्ना भएकासंक्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिण्डर प्रयोग गर्ने र त्यसले समेत सुधार नभएपछि अस्पतालमा आउँदा हाइफ्लो अक्सिजनका दिनुपर्ने अवस्थाका छन भने केही सचेत भएर समयमै आएकाले नर्मल अक्सिजन दिएपनि हुने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
त्यस्ते कोरोना संक्रमित निमोनिया लिएर आउन थालेका छन्। अस्पतालका मेडिकल कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले सास फेर्न समस्या भएका बिरामी अस्पतालमा भर्ना हुन थालेको बताए । ‘निको हुन्छ भन्दै घरमा बसेका संक्रमित सुधार नभएपछि अस्पतालमा आउने गर्नुभएको छ’ डा. बस्ताकोटीले भने । उनले कोरोना संक्रमितले घरमै जोखिम मोल्न नहुने बताए ।
लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति होम आइसोलेसनमा बस्दा फरक नपर्ने तर शरीरमा असज महसुस हुदाँ हुदै पनि घरमा बस्न नहुने डा. बस्ताकोटीको भनाई छ ।अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेपछि अस्पतालमा आउने गरेका छन् ।
‘उपचारका लाष् िहामी तयारी अवस्थामै छौ,‘खोकी र ज्वरो बढिरहेको छ भने तुरुन्त अस्पताल आउनुहोला,’ डा. बस्ताकोटीले भने । सास फेर्न समस्या र निमोनिया भएर पनि घरमै निको हुन्छ भनेर अन्तिममा अस्पतालमा आउने बिरामीलाई निको भएर घर फर्काउने सम्भावना कमजोर हुने भएकाले पछिल्लो समय विभिन्न सञ्चारमाध्यमबाट आएका समाचारले समेत बिरामी सचेत भएकाले भर्ना हुने आउने संख्या बढेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । कोरोनाको दोस्रो लहरपछि बेनी अस्पतालमै कोरोनाको स्बाब दिएका सहित ९ जना र जिल्ला बाहिर गरी कुल २० जनाले ज्यान गुमाएको तथ्यांकमा देखिएको छ ।
अक्सिजन कमी भएको समयमै थाहा नपाउँदा..
बेनी नगरपालिकाका एक कोरोना संक्रमित पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भयो। घरमै सिकिस्त भएपछि बेनी अस्पतालमा उपचारका लागि आएका पुरुषको बुधबार मृत्यु भयो । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना संक्रमित बेनी नगरपालिका ८ का एक निर्माण व्यवसायीको पनि अस्पतालमै ज्यान गयो ।
दुवैको अक्सिजनको स्तर ४० देखि ५० प्रतिशतभन्दा तल झरेको थियो। पछिल्लो एकसाता यता म्याग्दीका कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ। कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ । कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमित र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंस चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेलले बताए ।
‘सास फेर्न कठिन भएपछि अन्तिममा बिरामी अस्पतालमा आउनुहुन्छ, आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा घरमै चेकजाँच गर्न सकिने भएपनि धेरैलाई जानकारी छैन,’ प्रमुख डा. कँडेलले भने ।अस्पतालमा समयमै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्र्चाज गरिएबो डा. कँडेलको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि सय प्रतिशतसम्म राम्रो मानिने डा कँडेलको भनाइ छ ।
कोरानाकै कारण बेनी अस्पताल र यहाँबाट रिफर गरी पोखरा पठाइएका बिरामीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेका रहेको अवस्थाका बिरामी भएकाले यो समयमा घरमै अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्ने डा कँडेलको भनाइ छ । होम आइसोलेसनमा बसिरहेका बिरामीहरुको नियमित ‘अक्सिमिटर’ ले चेकजाँच गर्नुपर्ने डा. कँडेलको सुझाव छ ।
घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वासको समस्या देखिएपछि तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ । लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने, श्वास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै अस्पतालमा जाने बिरामीकै कारण समस्या हुने गरेको चिकित्सकको भनाइछ । म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमितमा अधिकांर शरीरमा अक्सिजनको अभाव भएकै कारण भएकोको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बेनी अस्पतालमा आइसोलेसन कक्ष तयार
बेनी अस्पतालमा २६ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । अस्पतालको निर्माणधिन अवस्थामा रहेको भवनमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बेनी नगरपालिका र बेनी अस्पतालको सहकार्यमा आइतबारदेखि आइसोलेसन कक्ष सञ्चालन गरिएको हो । होम आइसोलेसनमा बसेका बिरामीमा श्वासप्रश्वाससहित विभिन्न समस्या आएपछि अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेसन कक्षको स्थापना गरिएको बेनी अस्पतालका अध्यक्ष कटुवालले बताए । उनका आइतबार ७ वटा बेड सञ्चालन गरिएपनि अन्य बेडहरू समेत तयारी अवस्थामा रहेको बताए।
आइसोलेसन कक्षको भौतिक संरचना ब्यवस्थापन र मर्मतका लागि बेनी नगरपालिकाले डिसिसिएमसीको सिफारिसमा ६ लाख ३७ हजार आर्थिक सहयोग गरेको थियो । अस्पतालका आकस्मिक कक्ष नजिक रहेकाले चिकित्सकलाई समेत निगरानी र बिरामीलाई आवश्यक परार्मश दिन सहज हुने बताइएको छ । आइसोलेसन कक्षमा अक्सिजन कन्सन्ट्रेटर सहित हाइ फ्लो अक्सिजन चाहिने बिरामी र स्वासप्रस्वासमा समस्या समस्या र अन्य संक्रमितलाई छुट्टै राखिने छ । कोरोना भाइरसका बिरामी होम आइसोलेसन बसेको अवस्थामा एक्कासी स्वास्थ्यमा समस्या आएपछि धमाधम अस्पतालमा भर्ना हुन थालेकाले हाल आकस्मिक कक्ष र ओपिडीको प्रवेशद्वारमा बेड राखेर उपचार भइरहेको छ । संक्रिय संक्रमित उपचारका लागि बेनी अस्पतालमा पुग्ने गरेको अवस्थामा अधिकांसको शरीरमा अक्सिजनको मात्रा कम र निमोनियाबाट ग्रसित रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->