शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट गण्डकीमा २२ जनाको मृत्यु

कोरोनाबाट गण्डकीमा २२ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

पोखरा, ६ जेठ– कोभिड १९ बाट गण्डकीमा थप २२ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशनालय,गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा नवलपुरका ५, कास्कीका ७, गोर्खाका ३ जना बागलुङका २ , स्याङ्जाका ४ र तनहुँका १ जना रहेका छन् । तीमध्ये गोरखाको शहीद लखन गाउँपालिका ६ का ४४ वर्षीय संक्रमितको थप उपचारको लागि काठमाडौं लैजाने क्रममा जेठ ४ गते निधन भएको हो भने पोखरा १२ की ७९ वर्षीया वृद्धाको होम आइसोलेसनमा बसेकै बेला बिहीबार निधन भएको हो । बाँकी सबैको विभिन्न अस्पतालमा उपचारको क्रममै निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिएका छन् । हालसम्म गण्डकीमा कोभिड संक्रमणबाट ४७४जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->