पोखरा,७ जेठ – मोरङमा हुण्डकीको कारोबारी गर्दै आएका ३ जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ । विगत एक वर्ष देखि हुण्डी कारोवार गर्दै ह्वाट्स एप मार्फत विभिन्न बैंक खाता नम्बरमा रकम जम्मा गर्ने र विवरण ह्वाट्स एप मार्फत पठाउँदै आएका विराटनगर महानगरपालिका १३ का २५ वर्र्षीय श्रवण साह, ३३ वर्षीय अमृत कुमार साह सुडी र रंगेली नगरपालिका १ का २५ वर्षीय जिज्ञासा चौधरीलाई पक्राउ गरेको हो ।
खानतलासी गर्ने क्रममा श्रवणको साथबाट नगद २१ लाख ७१ हजार ५ सय नेपाली रुपैँया, ५ थान विभिन्न बैंकको चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक बरामद गरेको थियो । यस्तै जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैँया र अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद बरामद गरेको हो । उनीहरुलाई आवस्यक कार्वाहिको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने प्रहरीले जानकारी दिएको छ ।





