बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनी अस्पतालमा आन्द्रा काटेर जोडियो

बेनी अस्पतालमा आन्द्रा काटेर जोडियो


  • हरिकृष्ण गौतम
  • जेष्ठ ९ २०७८, आइतबार
हर्नियामा अड्केको आन्द्रा काटेर जोड्दै डा. बस्ताकोटीको टोली ।

बेनी, ९ जेठ– बेनी अस्पतालमा पहिलोपटक हर्नियामा अड्केको आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ । पर्वतको जलजला गाउँपालिकाका–३, का ४२ वर्षीय एक पुरुषको हर्नियामा आन्द्र अड्केको र बटारिएपछि आन्द्रोको केही भाग मरेको अवस्थामा देखिएपछि अस्पतालका मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीको नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको हो । हर्नियाको समस्या भएपनि तिनदिन देखि घरमै बसेका बिरामीको पेट फुलेपछि अस्पतालमा पुगेपछि बिरामीको ज्यानकै जोखिमलाई मध्यनजर गरी उपचार गरिएको डा.बस्ताकोटीले बताए । ‘कोरोनाको जोखिमले घरमै बस्नुभएको रहेछ । पेट फुलेको अवस्थामा आउनुभएको थियो । हर्नियामा पुगेको आन्द्रा बिग्रिएको अवस्थामा भेटियो,’ उनले भने ।
शल्यक्रियाको क्रममा खराब भएको आन्द्राको भाग काटेर फालिएको बताए । डा.बस्ताकोटीको नेतृत्वमा भएको शल्यक्रियामा डा.ईश्वर पौडेल लगायतका शल्यक्रियाको क्रममा सहभागी हुने युनिटले साथ दिएको थियो । बिरामीको शल्यक्रियापछि समेत अस्पतालमा भर्ना गरी उपचार गरिएको र हाल डिस्र्चाज गरिएको जनाइएको छ । कोरोना संक्रमतिको जटिल अप्रेसन सहित उपचारमा समेत डा. बस्ताकोटी सहितका चिकित्सक फ्रन्टलाइनमा खटिएका छन् ।
डा. बस्ताकोटी निक साइमन इन्स्टिच्युट अन्तरगत अस्पतालमा कार्यरत छन् । डा. बस्ताकोटीको नेतृत्वमा यसअघि समेत बेनी अस्पतालमा जटिल र सिकिस्त बिरामीको समेत उपचार भएको थियो । बेनी अस्पतालमा यसअगाडी महिलाको पाठेघर बाहिर बच्चा बसेको सहित केही दुर्भल शल्यक्रिया गरिएपनि हर्नियामा अड्किएको आन्द्रा नै बिग्रिएको अवस्थामा काटेर जोड्ने उपचार पहिलोपटक भएको डा. बस्ताकोटीको भनाई छ।बेनी अस्पतालका चिकित्सक कोभिडका बिरामीको उपचारमा केन्द्रितसँगै कोरोनाका बिरामीले अस्पतालका बेड भरिभराउ भएपनि शल्यक्रिया सहितको प्रसुती सेवा, जटिल किसिमका बिरामीको उपचार समेत धमाधम भइरहेको छ । कोरोनाको त्रासले कोभिड सर्ला भन्ने मनोविज्ञानले रोग पालेर घरमै नबस्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->