बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो


  • हरिकृष्ण गौतम
  • जेष्ठ ९ २०७८, आइतबार

म्याग्दी, ९ जेठ– म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन) को अवधि तेस्रो पटक थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आइतबार बसेको बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई लम्बाइएको छ । गएको वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म जारी गरिएकोमा जिल्लामा कोरोना संक्रमतिको संख्या दैनिकजसो ह्वात्तै बढेपछि कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) थपिएको प्रजिअ गणेशबहादुर अधिकारीले बताए । ‘संक्रमणको जोखिम टरेको छैन्,‘यो अवस्थामा हामी पुरानै मोडेललाई निरन्तरता दिएका छौ’ प्रजिअ अधिकारीले भने ।
आइतबार स्थानीय तहका प्रमुख सहित सुरक्षा समितिका प्रतिनिधि सहितको बैठकमा स्थानीय तहमा परीक्षणलाई तिब्रता दिइएको अवस्थामा तत्काल खुकुलो बनाउने अवस्था नभएको प्रजिअ अधिकारीको भनाई छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->