पोखरा, १३ जेठ – बाराको जितपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा २ सय १८ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ट्याङ्कर लुकाइ राखेको अवस्थामा ट्याङ्कर चालक र सहचालकलाई पक्राउ गरेको हो । ना. ४ ख. २९७९ नम्बरको ट्याङ्करको च्याम्बर भित्र लुकाइ राखेको अवस्थामा बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा चालक बर्दिवास नगरपालिका-८ का ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका-२ का राजकुरमा दवाडी रहेका छन् । गाँजा लुकाइ राखेको भन्ने सुचनाको आधारमा पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले ट्याङ्कर सहित चालक र सहचालकलाई पक्राउ गरेको हो ।





