बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गर्बुजाको उपचारमा अमेरिकाबाट ४ लाख रुपैयाँ

गर्बुजाको उपचारमा अमेरिकाबाट ४ लाख रुपैयाँ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७८, आइतबार

बेनी, १६ जेठ – जटिल रोगले ग्रसित म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुदी बगरका टेकबहादुर गर्बुजाको उपचारका लागि अमेरिकाबाट ४ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । दुबै मृगौलामा खरावी, मुटु रोग र प्यारालाइसिसबाट ग्रसित भई आर्थिक अभावका कारण बेनीमा अलपत्र परेका गर्बुजाको उपचारमा तारा गौचन र मोहन सिन्तिजाको अगुवामार्फत संकलन गरिएको १ लाख ४ लाख १४ हजार ६ सय १ रुपैयाँ बिरामीलाई हस्तान्तरण गरिएको छ ।
पोखरास्थित मणिपालका चिकित्सकले नियमित चेकजाँचका लागि दिएको समय एक महिना गुज्रिको अवस्थामा उपचारमा आवश्यक खर्च जुटाउन नसक्दा बेनी नगरपालिका ७, इन्द्रेणी टोलको एउटा साघुँरो कोठामा बस्ने गर्बुजाका बारेमा सञ्चारमाध्यममा समाचार आएपछि सहयोग जुट्न थालेकको हो ।
उपचारमा आर्थिक जुटाउन नसक्दा कोठामै अलपत्र परेको थियौ, ‘पोखरासम्म पुग्ने खर्च समेत थिएन् । अहिले सहयोगदाताहरुले सहयोग गर्न थाल्नुभएको छ,’ बिरामीकी श्रीमति मनमायाँल गर्बुजाले भनिन् । लकडाउनकै बीचमा समेत सहयोग जुटेपछि पोखरामा गएर चेकजाँच गरी फर्किएको गर्बूजाको भनाइ छ ।
‘सबैतिरबाट सहयोग आउँदा आश पलाएको छ । उहाँको उपचारमा चाहिने खर्च सबै सहयोगबाटै जुटाउनु मेरो बाध्यता हो,’ मनमायाले भनिन् । अहिलेसम्म मनमायाँले सहयोग ऋणधन गरी श्रीमानको उपचारमा करिब १२ लाख खर्च गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->