मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सांसद गुरुङको प्रतिक्रिया : सभामुख तानाशाही र संविधानभन्दा माथि हुन खोज्नु भो

सांसद गुरुङको प्रतिक्रिया : सभामुख तानाशाही र संविधानभन्दा माथि हुन खोज्नु भो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार
गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङ ।

पोखरा, १९ जेठ– सभामुखले सदनबाट भनाइ हटाउन निर्देशन दिएपछि सांसद मनबहादुर गुरुङले सभामुखले तानाशाही प्रवृत्ति देखाएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग कुरा गर्दै उनले सभामुख संविधानभन्दा माथि हुन खोजेको आरोप लगाएका छन् ।
सांसद गुरुङले आफूले सम्बोधनका क्रममा सभामुखको नाम पनि नलिएकोसमेत बताए । ‘सभामुखको राजीनामा माग्दा के हुन्छ रु नाम लिएर मैले राजीनामा मागेको छैन । तर, मागेको छ भने पनि के हुन्छ ? सभामुख संविधानभन्दा माथि छ ? कानुनभन्दा माथि हुन्छ ?’ उनले भने ।
सांसद गुरुङले ढोरपाटनसँग भनेको भनाइ :
त्यत्रो नैतिकताको कुरा उठाउनेहरुले बैशाख १३ गते विशेष अधिवेशन बोलाएर १५ गते अविश्वास प्रस्ताव मतदान गर्ने कार्यसूची ल्याएको हो । कार्यसूचीमै आएको कुरालाई सदनलाई कुनै जानकारी नदिइकन एक्कासि ३० मिनेटका लागि भनेर अनिश्चितकालका लागि सूचना टाँसेर हिँड्न मिल्छ ? के त्यसमा नैतिकता हुँदैन ? सदनले जानकारी पाउनु पर्दैन त्यसकाबारेमा ?
सभामुख तानाशाही हुन खोज्यो, संविधानभन्दा माथि हुन खोज्यो ।
संघीयता चाहिँदैन, संविधान खारेज गर्नुपर्छ भनेर सधैं भनेर आवाज उठाइराख्नेहरुको साढे ३ वर्ष भो । उनीहरुको हटाइएको छैन । अनि मैले नैतिकताको प्रश्न उठाउनेलाई जवाफ दिनुपर्छ कि पर्दैन ? कोकोले राजीनामा दिनुपर्ने हो भन्दा मेरो मेरो विचारलाई हटाउन मिल्छ ? सभामुख को हो ? कुन धारामा टेकेर मेरो शब्द हटाउन खोजेको ? कुन संविधानमा टेकेर मेरो शब्दलाई हटाउन खोजेको ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->