बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनीबजारमा खानेपानी अभाव

बेनीबजारमा खानेपानी अभाव


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७८, बिहिबार

बेनी, ३ असार– बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानी अवरुद्ध भएको छ । बाढीपहिरोले मुहान आसपासमा क्षतिसँगै पाइप भाँचिएपछि पानी आपूर्ति अवरुद्ध भएको हो ।
बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले बर्षाले मुहानदेखि ट्यांकीसम्म असर गरेको बताए ।‘बेनीमा नियमित खानेपानी आपूर्ति हुन २÷३ दिन लाग्न सक्छ । वैकल्पिक स्रोतहरूको व्यवस्थापनमा जुटेका छौं,’ उनले भने । उनले भारी बर्षाले मर्मत कार्यमा समेत समस्या भइहरेको बताए ।
बराहपाखो सामुदायिक वन माथिबाट पहिरो खसेर समेत पाइपमा सामान्य क्षति पु¥याएकाले प्राविधिक सहितको टोली मर्मतमा खटिरहेको अध्यक्ष रेग्मीले बताए । संस्थाले अन्नपूर्ण गाउँपालिका ८ राम्चेको पुम्दीखोला र बेनी नगरपालिका३ भकिम्लीको दुधेखोलाबाट ल्याइएको पानी बेनीबजारभन्दा माथि बराहपाखो सामुदायिक वनमा निर्माण गरिएको ट्यांकीमा जम्मा हुन्छ ।
प्रतिसेकेन्ड २५ लिटर पानी जम्मा हुने ट्यांकीबाट घर–घरमा पानी वितरण गरिएको छ । संस्थाले सदरमुकाम बेनीसहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गर्दै आइरहेको छ । खानेपानीको अभाव भएपछि बजारबासीले मिनिरल वाटरसहित वैकल्पिक स्रोतबाट पानी संकलन गरी प्रयोग गर्ने गरेका छन् । बर्खाको समयमा खानेपानीको नियमित आपूर्ति नहुदाँ बेनीबजारबासी समस्यामा पर्ने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->