शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई काठेखोलाको राहत

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई काठेखोलाको राहत


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

बागलुङ, ५ असार– बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारको लागि नगद राहत उपलव्ध गराउन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका परिवारका लागि प्रतिपरिवार २० हजार रुपैयाँ नगद राहत उपलव्ध गराउन थालिएको हो ।
संक्रमण पुष्टि भएर मृत्यु भएको प्रमाणित भएमा परिवारको राहतका लागि उक्त रकम उपलव्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताए । बिपत् व्यवस्थापन कोषको रकमबाट राहत रकम उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष अमर थापाको अध्यक्षमा केही दिनअघि बसेको कार्यपालिका बैठकले कार्यविधि निर्माण गरेर राहत रकम उपलव्ध गराउने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय कार्यान्वयनमा आईसकेको कार्कीले बताए ।
गाउँपालिकाले स्वास्थ्य शाखाको तथ्यांकका आधारमा मृतकको घरमै पुगेर राहत रकम उपलव्ध गराउने भनेको छ । ‘ठुलो सहयोग गर्न सक्ने गाउँपालिकाको स्रोत भएन, पीडामा मल्हम लगाउनु नजिकको सरकारको दायित्व हो’ कार्की भन्छन् ‘यो सहयोगले कम्तिमा किरिया कर्म वा केही दिनको गुजारा चल्छ ।’
हालसम्म गाउँपालिकामा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पहिलो र दोस्रो लहरमा गरि ४ सय ४ जनालाई संक्रमण पुष्टि भएको तथ्यांक गाउँपालिकासँग छ । कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत उपलव्ध गराउने बागलुङका स्थानीय तहहरुमा काठेखोला पहिलो गाउँपालिका हो ।
ढोरपाटन नगरपालिकाले केही व्यक्तिलाई दिने निर्णय गरेको चर्चा भएपनि निर्णय सार्वजनिक गरेको छैन । सर्बसाधारणको लागि भने अरु कुनै पालिकाले राहतको कार्यक्रम ल्याएका छैनन् । बरेङ गाउँपालिकाले सुत्केरी तथा गर्भवती संक्रमितलाई पाँच हजार रुपैयाँ पोषण खर्च बाँढीरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->