मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएकाहरुलाई राहत

दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएकाहरुलाई राहत


  • ढोरपाटन सम्वाददाता
  • असार ६ २०७८, आइतबार

पोखरा, ६ असार– कास्की जिल्लामा बसोबास गर्ने १६५ दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । असार १ गतेबाट सुरु गरिएको घुम्ती राहत वितरण कार्यक्रमलाई कास्की नेत्रहीन संघले समन्वय गरेको थियो भने विजनेस एण्ड प्रोफेशनल वुमेन क्लव पोखराको सहयोग रहेको थियो ।
राहतमा प्रतिव्यक्ति एक बोरा चामल, ३ किलोग्राम दाल, ३ लिटर तेल र २ केजी नुनसहितको खाद्यान्न सामग्री वितरण गरिएको कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले जनाए । सडक गायन, दोहोरी साँझमा कार्यरत, मसाज थेरापिष्ट, धुप, मैनवत्तिलगायतको घुम्ती व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेका १२१ दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको विजनेस एण्ड प्रोफेशनल वुमेन क्लव पोखरा च्याप्टरका अध्यक्ष हरीमाया शर्मा र सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक लक्ष्मी गुरुङले जानकारी जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->