मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सहकारीको प्रयासमा ६५ युनिट रगत संकलन

सहकारीको प्रयासमा ६५ युनिट रगत संकलन


  • ढोरपाटन सम्वाददाता
  • असार ६ २०७८, आइतबार

पोखरा, ६ असार– लेखनाथमा रहेको समृद्धि सहकारीले आयोजना गरेको रक्तदानबाट ६५ युनिट रगत संकलन भएको छ । गण्डकीका मन्त्री हरिशरण आचार्यले पहिलो रक्तदाताका रुपमा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलाई ब्लड व्याग हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै विना विभागीयमन्त्री आचार्यले कोभिडविरुद्धको खोप नै सरकारको पहिलो प्राथमिकता भएको जिकिर गरे । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली खोप कसरी ल्याउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न जान लागेको उनले जानकारी गराए । सहकारी अध्यक्ष सुमन भट्टराईले कोरोनाले व्यवसायीहरु धरासायी बनेको उल्लेख गर्दै, अहिले व्यवसाय बचाउन भन्दा पनि व्यवसायीलाई बचाउनु पर्ने अवस्था आएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->