पोखरा, ७ असार– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले बाढीपहिरो पीडितको तत्काल राहत र उद्धारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकीछन् ।
प्रदेश प्रमुखले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरो र डुबानले धनजनको ठूलो क्षति भएकोमा दुःख व्यक्त पनि गरेकीछन् ।
विज्ञप्तिमा पीडितकालागि आवास, खाद्यान्न, लत्तकपडा, आवश्यक औषधिको प्रबन्धकालागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । गर्भवती, सुत्केरी, अपाङ्गता भएका, जेष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतमा राख्न पनि उनको आग्रह छ ।





