मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७८, सोमबार

पोखरा, ७ असार– पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लेखनाथको शिसुवामा रहेको कोभिड अस्पताललाई १५ वडा बिरामी सुत्ने खाट प्रदान गरेका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले अस्पतालका प्रमुख डाक्टटर प्रतिमा कोइरालालाई ती खाट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, संघका कार्यसमिति सदस्य तथा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पोखराका पूर्वअध्यक्ष हिरामणि पण्डित, पोखरा च्याम्बर्सका उपाध्यक्ष ज्ञानबहादुर नेपाली,पोखरा महानगर वडा नम्बर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, ३० का वडाध्यक्ष श्रीराम पोखरेल, महानगर स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माको पनि उपस्थिति रहेको थियो ।
कोभिड संक्रमित बिरामीका आफन्तका कुरुवाहरुको समस्यालाई मध्यनजर राख्दै अस्पताललाई ती खाटहरु प्रदान गरिएको पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्यले जानकारी दिए । कोभिड महामारीकै बेला पोखरा महानगरले लायन्स क्लबसँगको सहकार्यमा सो अस्पताल निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->