मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

यस्तो छ तीन दिनको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?

यस्तो छ तीन दिनको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७८, शुक्रबार

पोखरा, ११ असार – आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको धेरै जिल्लामा आज विहानैदेखि बर्षा भइरहेको छ ।
महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको हो । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
बुलेटिनमा लेखिएको छ, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।’
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यसैगरी शनिबार सामान्यदेखि पूर्ण बदली रहनेछ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
आइतबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->