मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

खतरामा सिल्ट्रेसन ड्याम : निजी कम्पनीलाई २४ वर्षका लागि बेचियो !

खतरामा सिल्ट्रेसन ड्याम : निजी कम्पनीलाई २४ वर्षका लागि बेचियो !

फेवातालमा जाने गेग्य्रान रोक्न पोखरा महानगरले बनाएको सिल्ट्रेसन ड्याम भत्किने खतरा बढेको छ । ड्याम भत्किने खतरासँगै ठूलो क्षति हुनसमेत देखिएको छ ।


  • विजय नेपाली
  • असार १२ २०७८, शनिबार
 पानीले खोस्रिएर खाल्डो बनाएको ड्यामको पिधँमा राखिएको ढुङ्गा । 

पोखरा, १२ असार–विश्वकै सुन्दर ताल मध्येको एक फेवाताल संरक्षणको सिल्टेसन बाध (ड्याम) निमार्ण काम सम्पन्न भयो ।
तालको मुहान हुदैँ खोलाले बगाएर ल्याउने ढुङ्गा, गिटी, बालुवा, गे्रगर रोक्नका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा सिल्टेसन ड्याम बनाइयो । २०७५ साल भदौ २९ गते प्रदेश र महानगरबीच सम्झौता भई २०७६ असार १४ गते शिलान्यास गरियो गत वर्षमात्र सम्पनन भयो । खड्का कृष्ण पिके जेभी र श्री गीता जय नेपाल इश्वर जेभी स्याङ्जाले निमार्णको ठेक्का पायो । निमार्णकै क्रममा ड्याम बनाउँदा गुणस्तरहीन सामानको प्रयोग भएको भन्दै स्थानीय जनता तथा वडाले नै बारम्बार विरोध गरे । बाहिरी भागमा केहि राम्रो देखाउँदै भित्री भागमा भने सामान्य तरिकाले ढुङ्गा राख्नै लेभल मिलाउने काम भयो । सामान्य खोलाले समेत बाधको पिधँमा कटान गरेको देखेपछि स्थानीयले हपर्न खोलामा बनाइएको ड्यामको काम नै रोके ।
काम रोकिएपछि स्थानीयले पत्रकार सम्मेलन समेत गरेका थिए । सोहि समयमा पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई उक्त स्थानमा स्थानीयले भनेको नसुनेपछि पत्रकारले नै फिल्डबाट फोन गर्दै तत्काल काम रोक्ने सम्मको निदेर्शन सहित गुणस्तरीय सामानको प्रयोग गर्न भनियो ।
स्थानीय र पत्रकारलाई नै झुक्काएर फितलो अनुगमनको कारण अहिले ड्यामको पिधँ खोलाले खोस्रिन थालिसकेको छ । पिधँमा खास्रिदा खाल्डोनै परिसकेको छ । जहाँबाट पानी भित्र भित्र पुगेको स्पष्ट देखिन्छ भने मुख्य ड्याममा भने जेसिभिको सहायताले खाल्डो ढाक्ने गरी ढुङ्गाको आड लगाइएको छ । महानगरको अनुगमन नहुँदा ड्याम बन्न नपाउँदै जीर्ण भएको हो ।
हपर्न तथा खहरे खोलामा बाढि आउँदा १ सय मिटर लम्बाइ, १ सय मिटर चौडाइ र ४ मिटर उचाइ रहेको ड्याम भत्किने खतरा देखिएको छ । सोहि अनुसारको रहेको अधेरी खेला, घाँटी छिना र लौरुक खोलामा ड्याम निमार्णको जिम्मा खड्का कृष्ण पिके जेभीले पाएको थियो ।
अधेरी खोलमा ९ करोड ८२ लाख ३८ हजार, घाँटी छिनामा ७ करोड ८६ लाख ६२ हजार र लौरुक खोलामा ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैँयामा ठेक्का सम्झौता भएको थियो । सबैभन्दा ठुलो लगानी भएको ड्याम नै अहिले सबैभन्दा बढि खतरामा रहेको छ । वडा २३ मा पर्ने उक्त ड्याम भत्किएको खण्डमा ठुलो मात्रामा जनधनको क्षति हुने देखिएको छ ।
बैतनी खोलको लागि भने ५ करोड ४६ लाख ५८ हजार रुपैँयामा श्री गीता जय नेपाल इश्वर जेभी स्याङ्जालाई निमार्णको जिम्मा दिइएको थियो । उक्त बाधँ समेत खोला ठुलो हुदाँ परिएको छ । स्थानीयले पहिले नै गुणस्तरहीन तथा ड्याम सानो भएको भन्दै बारम्बार विरोध समेत गरेका थिए ।
तर महानगरलाई भने बाधको गुणस्तरतर्फ भन्दा पनि अहिले उक्त बाधँमा थिग्रिन आउँने ढुङ्गा, गिटी,बालुवा, ग्रेगन नीजि कम्पनीलाई दिन हतारो भएको देखिन्छ । वार्षिक २३ करोड जति आम्दानी गर्ने सोच बनाएको महानगरले फेवा सिल्टेसन प्रा.लीलाई २४ वर्षका लागि दिने गरी सम्झौता गर्ने तयारी गरिरहेको छ । ड्यामका आयुनै आज भोलिको अवस्था हुदैँगर्दा निमार्ण कम्पनीको खाजी गरी कारर्वाही गर्न छाडेर रकम कमाउने धन्दामा महानगर लाग्न लागको देखिन्छ । लामो समयका लागि निजी कम्पनीलाई दिन लागेको भन्दै स्थानीयले पोखरा महानगरपालिकाले नीति तथा आयोजना छलफल गरिरहेको अवस्थामा स्थानीयवासीले विभिन्न नाराबाजी सहित विरोध समेत गरेका थिए ।
जति कराए पनि जति समाचार आएपनि मेयरलाई फरक परेन : वडाध्यक्ष
वडा २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले गुणस्तरीय कामका लागि जति कराएपनि मेयरलाई फरक नपरेको बताए । ‘हामीले गुणस्तरहीन ड्याम निमाण गरियो भन्दै महानगरलाइ कति भन्यौ, आन्दोलन समेत ग¥र्यौ । पत्रकारलाई समेत ल्याएर वास्तविकता देखाएरै समाचार आए तर मेयरलाई कुनै फरक नै परेन’ उनले भने,‘महानगरको गतिलो अनुगमन नै भएन । वडाको अनुगमनले पुगेन । बारम्बार गएर निमार्ण कम्पनीसंग कुरा ग¥र्यौ तर काम लागेन ।’ सांसद् समेत आएर हेरी निमार्ण कम्पनीलाई गुणस्तरीय सामानको प्रयोग गर्न भने तर पछि सबै लापता भएको उनको भनाइ थियो । ‘२०७२ सालको बाढीले यो खोलाको पहुँच देखाएको छ । त्यसतै बाढी आयो भने अब झन बढि क्षति हुने पक्का छ । महानगरले वडालाई उत्तरदायी बनाउन सकेन हामी मुक दर्शक मात्र देखियौँ’ भने ।
मेयरको गैर जिम्मेवारी जवाफ : जालीले धान्न सकेन अनि ढुङ्गा राखेको हो
पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने गैरजिम्मेवारीपूर्ण जवाफ दिदैँ उम्किए । उनले ड्यामबारे प्रश्न गर्न नपाउँदै ‘जालीले धान्दैन त्यसैले ढुङ्गा राखेका हुन् । बजेटको कारण काम हुन सकेन अहिले केहि गर्न सकिदैन वर्खा सकिएपछि बनाउने हो’ भने । ड्याम निमार्ण हुदैँ गर्दा नै स्थानीय सहित जनप्रतिनिधिले बारम्बार मेयरलाई खवरदारी गर्दा समेत गुणस्तरीय ड्याम बनाउन अग्रसरता नदेखाएका मेयर जिसीले भत्किन लागको ठाउँ बनाउने बताए । करिब डेढ वर्ष अघि मात्र मेयरले उक्त क्षेत्रमा ध्यान दिएर महानगरबाट कडा निदेर्शन दिएको हुने थियो भने एक वर्षमै यस्तो अवस्था भने आउने थिएन् । यसमा महानगरको गम्भिर त्रुटि भएको स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->