पोखरा, १५ असार– गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सवल बनाउन र परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रि«य धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिदै उहाँले कृषि प्रधानमुलुक नेपालमा ‘मानो रोपेर मुरी उब्जाउने’ आजको दिनको विशेष महत्व रहेको उल्लेख गरेकी छिन् ।
कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपाल सरकारले २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरि २०६२ असार १५ देखि राष्ट्रि«यधान दिवस मनाउन थालेको र संविधानमा खाद्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको साथै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी भइसकेको उल्लेख गरेकी छिन् ।
नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेकाले यसलाई सार्थक तूल्याउन तीनवटै तहका सरकारहरुको समन्वयात्मक र एकीकृत प्रयासको आवश्यकता रहने सन्देशमा गरिएको छ ।





