मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मुख्यमन्त्री पोखरेल–इजरायली राजदूत भेट

मुख्यमन्त्री पोखरेल–इजरायली राजदूत भेट


  • ढोरपाटन सम्वाददाता
  • असार १६ २०७८, बुधबार

पोखरा, १६ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता बृद्धि गर्न आफूहरु इजरायलसँग सहकार्य गर्न तयार रहेको बताए ।
अहिले गण्डकी सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने उनले बताए । यसको व्यवस्थापन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले गरिरहेको छ । आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दुराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो । उक्त कम्पनीका कृष्ण बजगाईंले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाउने गरिएको बताए ।
राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । उनले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए । अहिले सातै प्रदेशबाट ५ सयको हाराहारीमा युवा किसानहरु तालिमका लागि इजरायलमा छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->