बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा ४१ प्रतिशत धान रोपियो

म्याग्दीमा ४१ प्रतिशत धान रोपियो


  • हरिकृष्ण गौतम
  • असार १६ २०७८, बुधबार

बेनी, १६ असार– यस वर्ष पर्याप्त बर्षाका कारण मध्य असारसम्म म्याग्दी जिल्लाका जिल्लामा ४१ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लाभर ३ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । मानो छरेर मुरी उब्जाउने असारअगाडि नै निरन्तरको बर्षाले खोलानदीमा मूल फुटेका कारण रोपाइँमा सहज भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गोविन्द पाण्डेले बताए ।
उनका अनुसार उपल्लो भेगमा जेठको तेस्रो साता र तल्लो भेगमा असारको सुरुआतसँगै रोपाइँ सुरु भएको छ । विगतका वर्षमा असारको दोस्रो सातासम्म करिव २० प्रतिशत धान रोपाइँ सकिन्थ्यो । सिचाइँ सुविधा भएका अधिकांश स्थानमा रोपाइँ सकिएको छ । यसवर्ष बर्षाले किसानलाई राहत मिलेको केन्द्रले जनाएको छ । कोरोनाका कारण लकडाउनको अवधिमा समेत ग्रामिण क्षेत्रमा धमाधम खेत रोपाइँ भइरहेको थियो । कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् ।
जिल्लामा १२ हजार ७ सय ३ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएपनि बेनी नगरपालिकासहित अन्य ५ वटै स्थानीय तहका बाँधो खेतका कारण कुल जनसंख्याको अनुपातमा १४ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ । उच्च हिमाली क्षेत्रका बासिन्दाले अन्य अन्नबाली उत्पादन गर्ने भएपनि चामल आयात गर्ने गरेका छन् । यस वर्ष कोरोनाको जोखिमले धान दिवस भिडभाड नगरी मनाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->