बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्दीपुरमा पहिरो अपडेट: ३ घर पुर्दा २ को मृत्यु, एक गम्भीर

बन्दीपुरमा पहिरो अपडेट: ३ घर पुर्दा २ को मृत्यु, एक गम्भीर


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७८, बिहिबार

तनहुँ, १७ असार– पहिरोले घर पुर्दा तनहुँमा २ जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नं. ३ तामुङमा पहिरोले घर पुरिँदा अन्दाजी ३० बर्षीय सरस्वती थापा र ७० बर्षीय हरिमाया बसेलको निधन भएको हो ।
वडा सदस्य खड्क बहादुर थापाका अनुसार, घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । अर्का एक जना गम्भीर घाइते भएका छन् । सोही गाउँमा थप एक घर पनि पहिरोले भत्किएको छ । मानविय क्षति भने नभएको जनाईएको छ ।
बुधबार राती परेको भीषण बर्षाले तनहुँमा ठाउँ ठाउँमा खसेको पहिरोले पृथ्वि राजमार्ग समेत अबरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्लाका खोलानालामा पानीको बहाव बढ्दा वरपरका दर्जनौ बस्ती जोखिममा परेका छन् । किसानले लगाएको धानबालीमा पनि क्षति पुगेको छ । पहिरोले हाईटेन्सन लाईनमा क्षति पुगेपछि शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका लगायतको क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->