मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला नियुक्त

मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला नियुक्त


  • ढोरपाटन सम्वाददाता
  • असार २१ २०७८, सोमबार

पोखरा, २१ असार– पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी २ दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
उनले २०५८ सालमा अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गरेका थिए । सुरुआतमा काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उनी २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको ब्युरो चिफका रुपमा काम गरेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उनी संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षसमेत हुन् । कोइरालाले भद्रकाली मावि, कुँडहरमा पत्रकारिता प्राध्यापनसमेत गर्छन् । स्याङ्जाको पुतलीबजारका स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->