मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

संसद् विघटन सम्बन्धी फैसला असार २८ गते आउने

संसद् विघटन सम्बन्धी फैसला असार २८ गते आउने

एमिकस क्युरीको बहस सकियो


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७८, सोमबार

काठमाडौं, २१ असार – सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला असार २८ गते सुनाउने भएको छ । दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए । उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका छन् ।
रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका छन् । सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरे भने एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए । इजलासले रिट निवेदक र विपक्षीबाट असार १० गतेसम्म नै बहस नोट मागिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->