पोखरा, २७ असार– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक पुन: स्थगित गरिएको छ । आइतबार ११ बजे सुरु भएको बैठक दिउँसो १ बजे सम्मलाई स्थगित गरिएको थियो । दिउँसो २ बजे सुरु भएको बैठकमा पुन: एमालेले अवरोध गरेपछि सोमबार बिहान ११ बजे सम्मलाई स्थगित गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।
प्रदेश सरकारले आफ्ना कार्यकर्ता पोस्न करोडौं रुपैयाँ विनियोजन गरेको आरोप लगाउँदै सत्यतथ्य बाहिर नआउँदासम्मलाई बैठक स्थगित गरिने एमालेले जनाएको छ ।





