आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

लायन्स गार्डेसिटीको फर्निचर

लायन्स गार्डेसिटीको फर्निचर


  • ढोरपाटन सम्वाददाता
  • साउन ३ २०७८, आइतबार

पोखरा, ३ साउन– लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीले शनिबार पोखरा महानगरपालिका ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा फर्निचर सहयोग गरेको छ । क्लवको वार्षिक कार्यक्रमअन्तर्गत आश्रमका जेष्ठ नागरिकका लागि दुईथान टेबल र आठ वटा कुर्सी सहयोग गरेको क्लबका अध्यक्ष राजन कल्याण बड्गामीले जनाए ।
फर्निचर हस्तान्तर कार्यक्रममा बोल्दै, लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ अन्र्तगत लायन्स लिडरसिप एकेडेमीका प्रमुख सुचित्रा थापाले फर्निचर सहयोगले जेष्ठ नागरिकलाई सहज हुने बताइन् । फर्निचर हस्तान्तरणपछि क्लबले आश्रम परिसरमा लगाइएका विभिन्न जातका फलफूलका विरुवाहरुको गोडेमेल तथा वृक्षरोपणसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->