बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा बाढीपहिरोग्रस्त क्षेत्रमा वृक्षारोपण

म्याग्दीमा बाढीपहिरोग्रस्त क्षेत्रमा वृक्षारोपण


  • ढोरपाटन सम्वाददाता
  • साउन ३ २०७८, आइतबार

बेनी, ३ असार– नेकपा एमालेको भातृ संगठन युवा संघ म्याग्दीले शनिबार वृक्षारोपण गरेको छ । बाढीपहिरोको जोखिम रहेको बेनी नगरपालिका ६ र ७ को सीमाना र बराहपाखो सामुदायिक वन अन्तर्गत घोर्लास र महारानी थान आसपासमा विभिन्न प्रजातिका ५ सय विरुवा लगाइएको हो ।
युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वातावरण संरक्षणसहितका प्रकृतिमैत्री गतिविधिमा युवा संघले निरन्तर सक्रियता देखाउने बताइएको थियो ।
प्रमुख अतिथि रावलले यूवा संघले राजनीतिक बेतितिविरुद्धको संघर्षसँग समुदायमा आवश्यक विभिन्न क्षेत्रमा समेत सहयोग गर्ने बताए । उनले युवासंघमार्फत समुदायको समस्या समाधानमा नेतृत्वदायी पहल गर्ने र हाल देखिएको राजनीतिक अराजकताविरुद्ध समेत भण्डाफोर गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->