बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरोले करिडोर पुन अबरुद्ध, दक्षिण सडक सम्पर्क बिहिन

पहिरोले करिडोर पुन अबरुद्ध, दक्षिण सडक सम्पर्क बिहिन


  • Dhorpatan News
  • साउन ७ २०७८, बिहिबार
फाईल तस्विर

बागलुङ, ७ साउन– दुइसातामा खुलेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड फेरी अबरुद्ध भएको छ ।
बुधवारदेखिको बर्षातले बागलुङ नगरपालिका वडा नं. १० र १३ का बिभिन्न स्थानमा खसेका पहिरोका कारण करिडोर अबरुद्ध भएको हो । राष्ट्रिय गौरवको आयोजना करिडोर असार १८ गतेको पहिरोका कारण १८ दिनसम्म बन्द थियो । सोमबार मात्रै यो सडक खुलेको हो । खुलेको तीन दिनमै फेरी बन्द भएपछि यात्रीले सास्ती खेपेका छन् ।
एक्लेसाल र कालाखोलामा खसेको पहिरोका कारण करिडोर फेरी बन्द भएको हो । करिडोर अबरुद्ध हुँदा बागलुङको दक्षिणक्षेत्रमा सडक सञ्जाल टुटेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । बागलुङ कुश्मीशेरा सडक भने तीनसातादेखिनै खुलेको छैन्भने अन्य वैकल्पिक सडकहरुमा समेत पहिरोको समस्या छ । जिल्लाको जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र बरेङ गाउँपालिकामा समेत सडक सञ्जाल टुटेको हो ।
कालाखोला र एक्लेसालको पहिरोले बर्षभरीनै दुःख दिने अबस्था रहेको कार्कीले बताए । ‘पानी पर्दा समेत ठुलो बर्षा नहोस भनेर कामना गर्ने अबस्था आयो’ कार्कीले भने ‘केहि ठुलो बर्षा भयो की सडक अबरुद्ध भैहाल्ने ।’ सडक खुलाउनका लागि कालीगण्डकी करिडोर आयोजना कार्यालय पर्वत, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन तथा स्थानीयतहका बीचमा समन्वय भैरहेको कार्कीले बताए ।
सडक अबरुद्ध हुँदा खाद्यान्न ढुवानी, बिरामीलाई अस्पताल पु¥याउन र किसानका उत्पादन बजार बपाठन कठिन हुने गरेको छ । ‘हिउँद नलागेसम्म सदरमुकामबाट घर जान पाईएला जस्तो छैन्’ सदरमुकाम बागलुङ बजारमा शिक्षण गर्ने शिक्षक राजेन्द्र शर्मा भन्छन् ‘बादल लागे बाटो बन्दहुने अचम्मै भैरहेको छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->